पुनर्बीमाको आईपीओ बाँडफाँडः ४० कित्तासम्म हाल्नेलाई सबै पर्यो, बाँकी ७७ हजारलाई थप १० कित्ता

  २०७६ चैत २६ गते ८:४३     विकासन्युज


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड भएको छ । उक्त आईपीओमा १० देखि ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै तथा बाँकी ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ ।

बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार योग्य आवेदकमध्ये १० देखि ४० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति पाएका छन् । आईपीओ भर्ने कुल आवेदकमध्ये ३ लाख ९० हजार ६ सय ३८ जनाको आवेदन योग्य भएको छ ।आईपीओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए । बाँकी ९ सय ८८ जनाको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् ।

साथै, ५० देखि माथि अर्थात १० हजार कित्तासम्मको लागि आवेदन दिने मध्ये कोहीले ४० कित्ता पाएका छन् भने कोही भाग्यशालीले थप १० किता अर्थात ५० कित्ता सेयर पाएका छन् । कूल ३ लाख १३ हजार ६ सय ४८ जनाले ५० देखि १० हजार कित्तासम्मको लागि सेयर माग गरेका थिए । जसमा सबैले ४० कित्ता पाएका छन् भने जसमध्ये ७७ हजार २ सय ४५ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । समग्रमा ५० कित्ता सेयर ७७ हजार २ सय ४५ जनालाई ५० कित्ता सेयर वितरण गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो ।

कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो ।

हाल ८ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्री तथा वितरणपछि १० अर्ब रुपैयाँ हुने छ ।

चैत ४ गतेदेखि ७ गतेसम्म निष्काशन भएको उक्त सेयरको बाँडफाँड बुधबार(आज) टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा बिहान साढे ७ बजे भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.