लोमस फर्मास्युटिक्लले बनायो स्यानिटाईजर, घरघरमा पुर्याउने तयारी

  २०७६ चैत २५ गते २०:०२     विकासन्युज

काठमाडौं । लोमस फर्मास्युटिक्ल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन गरि बजारमा पठाउन सुरु गरेको छ । कम्पनीले स्यानिटाईजर उपभोक्ताको घरघरमा पुर्याउन अनलाइन बिक्रेतासगँ छलफल गरिरहेको जानकारी दिएको छ । केही दिन पछि कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाईजर घरघरमा पुर्याउने पनि कम्पनीले जानकारी दिएको छ ।

विश्वमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लोमस फर्मास्युटिक्लले डब्लुएचओको मान्यता अनुसार स्यानिटाईजर उत्पादन गरेको बताएको छ । सो फर्मास्युटिक्लले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको हो ।

कम्पनीले दैनिक १० हजार बोटल उत्पादन गरिरहेको छ । लोमस फर्मास्युटिक्लले उत्पादन गरेको सय एमएलको स्यानिटाईजरको बजार मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमती लिएर कम्पनीले उत्पादन सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.