सीमामा अलपत्र नागरिकलाई देश भित्राउन सर्वाेच्चको आदेश

  २०७६ चैत २५ गते १९:१९     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने सरकारले आदेश दिएको छ ।  सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वाेच्चले आदेश जारी गरेका छन् ।

न्यायधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।  तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म सिमा क्षेत्रमा रहेका नेपालीहरुलाई खाने, बस्ने तथा स्वास्थ्य सुनिश्चित गर्ने व्यवस्था गर्न सर्वाेच्चले आदेश दिएको हो ।

अरु देशमा रहेका नेपाली नागरिक समेत नेपाल फर्कन चाहेमा व्यवस्था गर्न अदालतले आदेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.