देशभर ९ हजार बढि क्वारेन्टिनमा

  २०७६ चैत २५ गते १६:४८     विकासन्युज

काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् ।

यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए ।

मंगलबार साँझसम्म टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ जनाको कोरोना परीक्षण भएको छ जसमा ९ जना बाहेक सबै नमुना नेगेटिभ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.