कुवेत सरकार प्रमुखसँग नेपालीको अवस्था बुझ्दै प्रधानमन्त्री ओली

  २०७६ चैत २५ गते १६:१२     विकासन्युज

काठमाडौं । विश्वमा काेराेनाकाे महामारी फैलिएसँगै कुवेतमा रहेका नेपालीलाई अप्ठयारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले गर्न कुवेत सरकारले  प्रतिवद्ध रहेकाे जनाएकाे छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कलयाणको बारे कुवेतका प्रधानमन्त्री सबाह अल(खालेद अल हमद अल सबाहसँग फोनमा कुराकानी गरेका थिए ।

सो कुराकानीमा प्रधानमन्त्री अल हमद अलले नेपालीलाई खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

ओलीले पछिल्लो समय प्रवासमा रहेका नेपालीको अवस्थाबारे चाँसो देखाएका छन् । यस अगाडी बहराइन र युएईका सरकार प्रमुखसँग पनि नेपाली अवस्थाको बारेमा जानकारी राखेका थिए ।

हालसम्म कुवेतमा ७ सय ४३ जना काेराेना संक्रमित छन् भने एक जनाको ज्यान गएको छ । पछिल्लो समय त्यहाँ रहेका २ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.