चीनबाट बिदा हुँदै काेराेना, २४ घण्टाभित्र एकको पनि मृत्यु भएन

  २०७६ चैत २५ गते १४:४४     विकासन्युज

काठमाडाैं ।  कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा २४ घण्टाभित्र एक जनाकाे पनि मृत्यु भएकाे छैन । चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ ।

सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका थिए । चीनमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७४० पुगेको छ । त्यहाँ कोरोनाभाइरसका कारण ३३३१ जनाले ज्यान गुमाएका छन् ।

चीनको सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तमा जनजीवन सामान्य हुन थालेको छ । त्यहाँ लगाइएका अधिकांश प्रतिबन्ध पनि फुकुवा गर्न थालिएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.