जगदम्बा समूहका सुलभ अग्रवाल पक्राउ, ४ हजारकाे थर्मलगन १५ हजारमा बेचेकाे आराेप

  २०७६ चैत २५ गते १४:२३     विकासन्युज

काठमाडौँ । कालोबजारीको आरोपमा जगदम्बा समूहका प्रबन्ध निर्देशक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी हृदेय थापाले पक्राउ परेको जानकारी दिए ।

कोरोना भाइरसको महामारीसँगै बिक्री ह्वात्तै बढेको ज्वरो नाप्ने थर्ममाेमिटर गन  कालोबजारी गरेकाे प्रहरीकाे आराेप छ ।  जगदम्बा समूहको जगदम्बा स्टिलका मालिक अग्रवाललाई ६७ पिस थर्मलगन सहित महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

३ हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने थर्ममाेमिटर गनलाई अग्रवालले १५ हजार रुपैयाँसम्म बिक्री गरिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महाशाखा जानकारी दिएको छ । उनकाे साथबाट ६७ थान थर्ममाेमिटर गन पनि बरामद गरेको छ ।

अग्रवाल नेपाल उद्याेग परिसंघका उपाध्यक्ष समेत हुन् ।

कीर्गिस्तानमा अवैतानिक महाबाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नाम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

उनलाइ प्रहरीले नक्सालमा पक्राउ गरेकाे हाे ।

थर्मल गन गाडीमा राखेर कालाेबजारी गरेकाे अवस्थामा पक्राउ गरिएकाे एसपी थालले बताए ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखामा राखिएकाे छ ।

जगदम्बा ग्रुप नेपालका सबैभन्दा ठूलाे उत्पादन मुलक उद्याेगमा पर्छ । जगदम्बा स्टील, जगदम्बा सिमेन्ट लगायत ठूला उद्याेग याे समूहले चलाउँदै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.