सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा अर्को निर्णय नभएसम्मकाे लागि स्थगित

  २०७६ चैत २५ गते १४:१६     विकासन्युज


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको यही चैत २८ गते हुने भनिएको १८औं वार्षिक साधरण सभा स्थगित भएको छ । चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको हो ।

हाल विश्वभरी फैलिरहेको (कोभिड-१९) को कारण देशमा असहज परिस्थितिको श्रृजना भई तोकिएको मितिमा बार्षिक साधरण सभा बस्न नसक्ने भएको हुँदा अर्को निर्णय नभएसम्मको लागि उक्त वार्षिक साधरण सभा स्थगित गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

समय परिस्थित सहज भइसकेपछि स्थगित भएको १८औ साधारण सभा हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.