लकडाउनले समस्यामा परेकालाई पिएलओ लुव्रिकेन्टसले वितरण गर्याे राहत

  २०७६ चैत २५ गते १२:४९     विकासन्युज

काठमाडाैं । पिएलओ लुव्रिकेन्टसले लकडाउनले समस्यामा परेकालाई राहत वितरण गरेकाे छ । लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा मोरङको सुन्दरहरैचामा समस्यामा परेका विपन्न परिवालाई राहत हस्तान्तरण गरेको हाे ।

राहत स्वरुप १० हजार के.जी चामल, २ हजार के.जी दाल र २ हजार के.जी. प्याकेड नुन नगरपालिका एकद्वार प्रणालीबाट वितरण गर्ने नगरको निर्णय अनुसार नगरपालिकाका मेयर शिव प्रसाद ढकाल , उपमेयर घनमाया तामाङ र यश बिपत व्यवस्थापनका संयाेजक केदारप्रसाद गुरागाइलाई हस्तान्तरण गरिएको हो ।

उक्त राहत पुर्वान्चल ल्युब आयल प्रालिको तर्फबाट सुन्दरर्हरैचा नगरपालिका भरी बसोबास गर्ने गरिब तथा विपन्न परिवारलाई खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले वितरण गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.