आउने दुई हप्ता हाम्रा लागि थप चुनौतीपूर्ण छ: प्रधानमन्त्री ओली

  २०७६ चैत २५ गते ११:३१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउने दुई हप्ता नेपालका लागि धेरै जोखिमपूर्ण रहेको बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै आउने दुई हप्ता नेपालका लागि थप जोखिमपूर्ण रहेका बताएका हुुन् ।

उनले यो अवधिमा सबैलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरेका हुन् । उनले सरकार सधैं जनताहरुसँगै रहेकोले यो महामारी विरुद्धको लडाइँमा लाग्न अनुरोध गराए । अबको जित जनाताको आँट र हौसललाले हुने बताए ।

सरकारले सुरक्षाकर्मी र औषधिजन्य सामानहरुको बन्धवस्त मिलाइसकेकोले सबैले ढुक्क हुन आग्रह गरेका हुन् । विश्वलाई नै धेरै जटिल बनिरहेकाे याे अवस्थामा नेपालका लागि झन चुनाैतिपूर्ण भएकाे उनले बताए ।

प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका हुन् ।

नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.