कोरोनाका बिरामीलाई आईसीयूमा राख्नुको मतलव के हो ?

  २०७६ चैत २५ गते ९:१९     विकासन्युज

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो ।

आईसीयू के हो ?

आईसीयू त्यस्तो विशेष वार्ड हो जहाँ गम्भीर रुपका विरामीहरुको इलाज गर्न र उनीहरुलाई बढि ध्यान दिन सकियोस् भन्ने हेतुले बनाइएको हुन्छ । आईसीयूमा बिरामीहरुको संख्या कम हुन्छ र मेडिकल स्टाफहरुको संख्या ज्यादा हुन्छ ताकि आवश्यकता पर्नासाथ विरामीलाई पर्याप्त रुपमा ध्यान दिन सकियोस् ।

आईसीयूमा विरामीको गहन निगरानीका लागि उपकरण लगाइएको हुन्छ ।

कस्ता विरामीलाई आईसीयूको जरुरत पर्छ ?

कुनैपनि विरामीलाई आईसीयूमा किन भर्ना गरिन्छ ? यसका अलग अलग कारण हुन सक्दछन् ।

कसैलाई गम्भीर सर्जरीपछि उसको हेरविचारका लागि आईसीयूमा राख्ने गरिन्छ भने कसैलाई चाहिँ गम्भीर दुर्घटनामा परि घाइते भएको अवस्थामा ।

प्रधानमन्त्री बोरिस जोनसोनलाई चाहिँ यसकारण आईसीयूमा राखिएको हो कि उनको स्वास्थ्यमा कोरोना संक्रमणको लक्षणमा कुनैपनि सुधार आएको थिएन । यसैकारण डक्टरहरुले उनलाई आईसीयूमा भर्ना गर्ने सल्लाह दिए ताकि स्वास्थ्य स्थिती विग्रियो भने समय रहँदै आवश्यक उपचार गर्न सकियोस् । गत आइतवार उनलाई सेंट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना भाइरसको कारण फोक्सोलाई नोक्सान पुग्न सक्छ र प्रधानमन्त्री बोरिस जोनसोनलाई पनि श्वास लिन केहि अप्ठ्यारो महसुस भइरहेको थियो । त्यहीपनि अहिलेसम्म उनलाई भेन्टिलेटरमा राख्न आवश्यक परेको चाहिँ छैन ।

के हुन्छ आईसीयूमा ?

आईसीयूमा भर्ना भएका जोसुकै विरामीलाई पनि भेन्टिलेटरमा राख्न जरुरी हुँदैन । भेन्टिलेटरको प्रयोग यसकारण गरिन्छ ताकी विरामीको श्वास चलिरहोस् ।

कोहि विरामीलाई श्वास लिनमा मद्दत पुगोस् भनेर सीपीएपी नामको मेशिन पनि लगाइने गरिन्छ । यसमा एउटा मास्कको सहायताले अक्सिजन हल्का दवावको साथ दिइने गरिन्छ ।

आईसीयूमा भर्ना भएको विरामी विभिन्न किसिमका मेशिन, ट्यूब, वायर र केवलहरुसँग जोडिएका हुन सक्छन् जसको माध्यमबाट उसको शरीरका अंगहरुको हलचललाई नाप्ने गरिन्छ । बिरामीलाई नशाबाट इन्जेक्शन बाहेक पोषक तत्व पनि दिन सकिन्छ ।

सेंट थोमस अस्पतालको आईसीयूमा यस अघि पनि कोरोना भाइरसका विरामीको उपचार भइसकेको छ । निक्कै गम्भीर मामलामा लाइफ सपोर्ट सिस्टम जसलाई ईसीएमओ भनिन्छ, को पनि प्रयोग गर्न सकिन्छ । यसले मुटु र फोक्सोका लागि काम गर्दछ ।

आईसीयूबाट ठिक हुँदा

आईसीयूमा जसै विरामीको स्वास्थ्य स्थिती राम्रो हुन्छ तव उसलाई अस्पतालकै अरु कुनै वार्डमा सिफ्ट गर्ने गरिन्छ । यसो गर्नाले अन्य विरामीका लागि आईसीयू उपलब्ध हुन पाउँछ ।

कोहि बिरामीले आईसीयूबाट दुईचार दिनमै विदा पाउँछन् भने कसैले चाहिँ एक देखि दुई हप्ता वा महिना दिन सम्म पनि आईसीयूमै गुजार्नुपर्ने हुन्छ ।

(बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.