आपूर्ति मन्त्री भट्टको लकडाउन दैनिकीको परिणामः व्यापारी खुसी, उपभोक्ता झनै खुसी

  २०७६ चैत २५ गते ९:२१     राजाराम न्याैपाने

काठमाडौं । विश्वव्याधी कोरोना भाइरस (कोभिड १९) सन्त्रास तथा सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेको २ साता वितिसकेको छ ।

लकडाउन गरेर सर्वसाधारणलाई घर बाहिर ननिस्कन आदेश जारी गरेको सरकारले योबीचमा सम्भावित संक्रमण रोक्न प्रभावकारी कदम चालेन, लकडाउन गरेर आफ्नो जिम्मेवारी पूरा भए जस्तो गरी सरकार चुप लागेर बसेको छ भनेर आलोचना पनि भइरहेको छ ।

यो अवधिमा सम्भावित संक्रमणको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्ने शिलशिलामा अवाञ्चित गतिविधि गरेको भन्दै कोरोना रोकथाम तथा समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि विवादमा तानिएका छन् ।

लकडाउन गरेका कारण उद्योग, प्रतिष्ठान, बन्दव्यापार तथा समग्र आर्थिक क्षेत्रमा गम्भीर असर परेको र सो असर न्यूनिकरणका लागि आवश्यक कार्यक्रम ल्याउन नसकेको भनेर अर्थमन्त्रीको पनि आलोचना भइरहेको छ । यस्तै, दैनिक कमाएर आफ्नो र परिवारको गर्जाे टार्ने वर्गका लागि सरकारले विशेष राहत प्याकेज ल्याउन नसकेको भन्दै आलोचना पनि भइरहेको छ ।

अहिले मन्त्री भट्टको दैनिकी फेरिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको पनि १५ दिन भइसकेको छ । अत्यावश्यक सेवा बाहेकका सबै मानिस घरमै बसिरहेका छन् ।

सरकारले घोषणा गरेको लकडाउनमा सरकारकै केही मन्त्रीहरु ‘आउट अफ सिन’ छन् । तर, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भने आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नको लागि अहोरात्र खटिरहेका भनेर उनको प्रशंसा पनि भइरहेको छ । यसैक्रममा मन्त्री भट्ट अहिले के गरिरहेका रहेछन् र उनको चर्चा बढेको रहेछ भनेर विकासन्युजडटकमले बुझ्ने प्रयास गरेको छ ।

अहिले मन्त्री भट्टको दैनिकी फेरिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको पनि १५ दिन भइसकेको छ । अत्यावश्यक सेवा बाहेकका सबै मानिस घरमै बसिरहेका छन् ।

लकडाउनमा आपूर्ति सहज र प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट बिहान ५ बजेदेखि राति अबेरसम्म दौडधुपमा छन् । केही मन्त्रीहरु भने फुर्सदिला भएका छन् । फुर्सदिला मन्त्रीहरु मन्त्रिपरिषद्को बैठकमा पुगेर दिन कटाइरहेका छन् ।

मन्त्री भट्टको सचिवालयका अनुसार उनी विहान ५ बजे उठ्छन । ५ बजेदेखि ६ बजेसम्म योगाभ्यास गर्छन् । उनी ६ बजेदेखि ७ बजेसम्म विश्वभरका समाचारहरु पढ्छन् । कोभिड १९ संक्रमणले आक्रान्त देशहरुको अवस्थाका बारेमा उनी ‘अपडेट’ हुन्छन् ।

कोभिड १९ संक्रमणले आक्रान्त तथा लकडाउन गरिएका अन्य देशको आपूर्ति प्रणालीलाई कसरी व्यवस्थित र उपभोक्तामुखी बनाइएको छ भनेर बुझ्ने उनको पहिलो प्रयास हुने गरेको छ ।

यसै प्रसंगमा २३ चैतमा मन्त्री भट्टको दैनिकी कस्तो थियो भनेर हामीले यो रिपोर्ट तयार पारेका हौं । सो मन्त्री भट्ट विहान ५ बजे उठे । ५ बजेदेखि ६ बजेसम्म योगलगायत नित्यकर्म गरे । ६ बजेदेखि ७ बजेसम्म विश्वभरीको समाचर अध्ययन र विश्व स्वास्थ्य संगठनले के कस्तो नयाँ निर्णय र सुझाव दिएको छ भनेर बुझे ।

विहान ७ बजेदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सो जिल्लाको के कस्तो समस्या छ, केन्द्र सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर छलफल गरे । यसो गर्दा नै ८ बजिसकेको उनको सचिवालयले जानकारी दियो ।

विहान ७ बजेदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सो जिल्लाको के कस्तो समस्या छ, केन्द्र सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर छलफल गरे । यसो गर्दा नै ८ बजिसकेको उनको सचिवालयले जानकारी दियो ।

विहान ८ बजेदेखि उद्योग मन्त्रालयका सचिव, र सहसचिवहरुसगँ फोनमा नै छलफगल गरे । विहान ९ बजे खाना खाए, अनि आफ्नो मन्त्रालय अन्तरगत के के काम भइरहेको छ भनेर पुन अपडेट लिए ।

उनी १० बजे निवासबाट निसकेर नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राहत वितरणमा सहभागी भए । त्यहाँ मन्त्री भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरे ।

१०ः३० बजे मन्त्रालय पुगे । मन्त्रालयमा के के भइरहेको छ भनेर अपडेट भए । सचिवलगायतका उच्च सरकारी अधिकारीहरुसँग बसेर दाल, चामल, ग्यासलगायत अति आवश्यक वस्तको मौज्दात कति छ, नाकामा कुनै समस्या छ कि भनेर ११ बजेसम्म छलफल गरे ।

सचिवहरुसगँ छलफल गर्दा देखिएका समस्याहरुलाई टिपोट गरेर सम्बिन्धित मन्त्रालयका मन्त्रीहरुसगँ फोनमा नै १२ बजेसम्म छलफल गरे । अर्काे मन्त्रालयबाट हुनुपर्ने कामका विषयमा समन्वयको पहल गरे ।

त्यसपछि उद्योग मन्त्रालयमा मजदुर संगठनका पदाधिकारीहरुसगँ उद्योग सञ्चालन गर्ने विषयमा २ घन्टा कुराकानी भयो । मन्त्रीले उद्योग सञ्चालन गर्न मजदुर ल्याउनुस, सरकारले सबै व्यवस्था मिलाउछ भनेर छलफल सकाए । मजदुर संगठनका पदाधिकारीहरुसगँ १२ देखि २ बजेसम्म छलफल नै चलिरह्यो । औपचारिक छलफल सकिएपछि पनि पदाधिकारीहरुसँग मन्त्रीले १ घन्टा छलफल गरे ।

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिमा मन्त्रालय तथा विषयगत रुपमा समग्र समस्या र समाधानका विषयमा तयारी बैठक चल्यो । यो बैठक ३ बजेदेखि ५ बजेसम्म चल्यो । त्यहाँ पनि दैनिक उपभोग्य बस्तुको आपूर्तिका विषयमा छलफल भएको थियो ।

आन्तरिक तयारी सकिएपछि समितिले गर्नुपर्ने निर्णयका लागि कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा ५ बजे देखि ७ः३० सम्म चल्यो । मन्त्री भट्ट सहभागी भए ।

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठक सकिए पछि मन्त्रीले आफ्ना सचिवहरुसगँ आपूर्तिकै विषयमा छलफल गरे र ८ बजे निवास फर्किए ।

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठक सकिए पछि मन्त्रीले आफ्ना सचिवहरुसगँ आपूर्तिकै विषयमा छलफल गरे र ८ बजे निवास फर्किए ।

निवास पुगेपछि महत्वपुर्ण केही विषयमा फोनबाटै विभिन्न व्यक्तिहरुसगँ छलफलग गरे । छलफल सकिए पछि राति ९ बजे खाना खाए र दिनभर विश्वभरी के भएछ भनेर अध्ययन गरे र १० बजे सुते ।

लकडाउनको समयमा मन्त्री भट्टको जिम्मेवारीमा आपूर्ति व्यवस्था सहज बनाउने र आयात–निर्यातमा समस्या हुन नदिने हो । उनी त्यसैगरी प्रत्येक दिन विहान देशभरिको वस्तुस्थितिबारे रिपोर्टिङ लिने गर्छन् । उनको चिन्ता भनेको आयात भएका सामग्रीहरु उपभोक्ताले सहज रूपले पाए कि पाएनन् भन्ने नै हो ।

मन्त्री भट्ट प्रत्येक दिन बस्तुको कालोबजारी र अभाव भएको छ कि भनेर विभिन्न माध्यमबाट सुचना र विवरण संकलन गर्छन् । उनी कोरोनको सक्रमणबाट उपभोक्तालाई जोगाउन खाद्य पसलले निश्चित दूरी कायम गरेर बिक्री गर्न विभिन्न निकायसगँ समन्वय गरि निर्देशन दिन्छन् ।

मन्त्रालयमा लकडाउनको समयमा कसरी काम गर्ने भनेर दिनमा विभिन्न निकायका प्रमुखहरुसगँ छलफल गर्छन् ।

मन्त्री भट्ट प्रत्येक दिन बस्तुको कालोबजारी र अभाव भएको छ कि भनेर विभिन्न माध्यमबाट सुचना र विवरण संकलन गर्छन् । उनी कोरोनको सक्रमणबाट उपभोक्तालाई जोगाउन खाद्य पसलले निश्चित दूरी कायम गरेर बिक्री गर्न विभिन्न निकायसगँ समन्वय गरि निर्देशन दिन्छन् ।

मन्त्रालयले सहसचिवको नेतृत्वमा एक्सन टिम पनि बनाएको छ । त्यो टिमले भारत र चीनबाट हुने आयातलाई सहज बनाउन आवश्यक काम गर्छ । असहज भएका विषयमा मन्त्रीसगँ छलफल गरिहाल्छ ।

मन्त्री भट्ट समय मिलाएर उपत्यकाका विभन्न ठाउँमा पसलहरुले कसरी विक्री विवतरणको प्रबन्ध गरेका छन् भनेर बजार अनुगमनमा पनि निस्कने गरेका छन् । विहान ५ बजे उठेका मन्त्री भट्ट दिनभर आपूर्ति प्रणालीलाई सुचारु गर्ने, उपभोग्य बस्तुको सहज आपूर्ति मिलाउने, उपभोक्तालाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगाउन आवश्यक समन्वय र पहल गरेर घर पुग्दा रातिको ९ बजिसकेको हुन्छ ।

१० वर्षे सशस्त्र विद्रोह संचालन गर्ने तत्कालिन माओवादी पार्टीको नेतृत्व तहमा रहेका क्रान्तिकारी भट्टको अहिलेको सक्रियता र समन्वयकारी भूमिकाको उद्योगी व्यवसायी तथा व्यापारी र आम उपभोक्ताले प्रसंशा गरेका छन् ।

अहिलेको आफ्नो सक्रियता आवश्यकताले निर्धारण गरेको मन्त्री भट्टले बताए ।

‘हाम्रो टीम दिनमा १४र१५ घण्टा पनि खटिरहेको हुन्छ, अहिलेको अवस्थामा सर्वसाधारण घरबाट बाहिर निस्कनु हुँदैन भने हामीले सर्वसाधारणलाई उनीहरुको निवास नजिकै उपभोग्य वस्तु पुर्याइदिनुपर्छ, यसैकारण हामी हरसम्भव प्रयास गरिरहेका छौं,’ मन्त्री भट्टले भने ।

मन्त्री भट्टको सबैभन्दा राम्रो पक्ष भनेको उनको सहजता नै हो । उनी सर्वसाधारण जस्तै बनेर बजार जान्छन् । सस्तो लोकप्रियता र प्रचारबाजीमा रमाउँदैनन् । कही कतै समस्या देखियो भने समस्या समाधनको उचित विकल्प निकाल्छन् ।

मन्त्री भट्टको सबैभन्दा राम्रो पक्ष भनेको उनको सहजता नै हो । उनी सर्वसाधारण जस्तै बनेर बजार जान्छन् । सस्तो लोकप्रियता र प्रचारबाजीमा रमाउँदैनन् । कही कतै समस्या देखियो भने समस्या समाधनको उचित विकल्प निकाल्छन् ।

‘सिंहदरबारमा मात्रै सिमित भइयो भने जनताका गुनासा र आवश्यकताबारे त्यति धेरै जानकारी प्राप्त हुँदैन, सिंहदरबार बाहिर निस्कने, संचारमाध्यम, नागरिक समाज, आम सर्वसाधारण र आलोचकका कुरा सुन्यो भने यथार्थ जानकारी प्राप्त हुन्छ, मैले पनि यही विधिबाट सुचना तथा जानकारी लिने र आवश्यक समन्वय गर्ने गरेको छु, मैले गरेको कामबाट धेरै मानिस खुसी छन् कि छैनन् मलाई जानकारी छैन, तर दैनिक उपभोग्य बस्तु सहज र उपयुक्त मुल्यमा सबै उपभोक्ता पाउन सक्ने वातावरण बनाउनु मेरो कर्तव्य र जिम्मेवारी हो, म र मेरो मन्त्रालयको सबै टीम यसमा लागिरहेको छ,’ मन्त्री भट्टले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.