सरकारलाई निर्माण व्यवसायीको अनुरोधः वर्षामा पुल निर्माण गर्न सकिँदैन, अहिले नै निर्माण गर्ने व्यवस्था गरिदिनु पर्यो

  २०७६ चैत २४ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पुल र नदि नियन्त्रणका कार्यलाई निरन्तरता दिलाउन सरकरालाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाईरस (कोभिड १९)का कारण हाल निर्माण कार्यहरु ठप्प रहेको बताउँदै महासंघले पुल निर्माणका कार्यहरु निरन्तरता दिलाउन आग्रह गरेको हो ।

महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै सो कूरा आग्रह गरेका हुन् । पुल निर्माणका कामहरु बर्षा अगावै सकि सक्नुपर्ने हुँदा यी निर्माण कार्य तत्काल सुरक्षा अपनाई निरन्तरता दिन सहयोग गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

निर्माण व्यवसायीहरुले पुल निर्माणका लागि आफ्नो अरबौको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरू गिट्टी, बालुवा, सिमेन्ट, रड, फमी लगायत जम्मा गरिसकेको महासंघले बताएको छ ।

महासंघले परियोजनाहरुको निमाण स्थलमा सिमित श्रमिकहरु हने र निश्चित क्षेत्र भित्र रहने भएकाले सामाजिक दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमण हुने खतरा पनि नरहने हुँदा काम निरन्तराताका लागि अनुमति दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.