भक्तपुरका ७०० सय विपन्न परिवारलाई परिसंघको सहयोग

  २०७६ चैत २४ गते १८:१०     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज भक्तपुर क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष राजेशकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गर्नु भएको छ । पूर्व मन्त्री तथा संघीय संसद माननीय महेश बस्नेतको रोहवरमा ७०० सय परिवारलाई दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण गरिएको हो । परिसंघले नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने जनाएको छ ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल गर्दछौ । त्यस्तै उद्योगहरु बन्द रहदा उद्योगमा काम गर्ने मजदुरहरु तथा उद्योग समेत अफ्ठेरोमा परेकाले त्यस तर्फ समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.