युएईमा रहेका ११ नेपाली कोरोना संक्रमित

  २०७६ चैत २४ गते १७:३७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका ११ जना नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । विश्व व्यापी फैलिएको कोरो भाइरस हालसम्म ११ जना नेपालीमा पुष्टि भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।

संक्रमित भएका ११ जना नेपाली मध्ये दुई पुरुष चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन । बाँकी ९ जनाको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । ‘दुईजनाको सफल उपचार भएको छ । बाँकी संक्रमितको पनि निशुल्क उपचार भइरहेको छ,’ युएईका लागि नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपालीको अवस्थाबारे दूतावासले जानकारी लिइरहेको र युएईको उपचार पद्दती राम्रो रहेकाले संक्रमित सबैको सफल उपचार हुने जनाएको छ । हालसम्म कोरोनाबाट युएईमा १० जनाको मृत्यु भएको छ भने एक हजार ७ सय ९९ जना संक्रमित भएका छन् । त्यस्तै १ सय ४४ जना उपचार पछि निको भएर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.