कोरोनाको लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु, एम्बुलेन्स चाहिए १०२ मा फोन गर्नुस्

  २०७६ चैत २४ गते १७:०२     विकासन्युज

काठमाडौं । काठमाडौंमा कोरोना (कोभिड-१९)को लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु  हुने भएको छ ।

कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको लागि १० वटा एम्बुलेन्स सेवा सुरु गर्न निर्णय गरेको बताएका हुन् ।

सेवा लिनको लागि १०२ मा सम्पर्क गर्न सकिने देवकोटाले बताएका छन् ।

मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले यो २४सै कोरोना डेडिकेटेड एम्बुलेन्स सर्भिस भएकाे बताए ।  हाल यो सेवा काठमाडौंको लागि मात्र रहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.