नेपाल राष्ट्र बैंकको १७औं गभर्नरमा महाप्रसाद अधिकारी

  २०७६ चैत २४ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अधिकारीसँगै बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई गभर्नरमा सिफारिस गरेको थियो ।

अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् ।

गभर्नरमा नियुक्त भएसँगै उनी लगानी बाेर्डबाट विदा भएका छन् । आजै लगानी बाेर्डका कमर्चारीसँग विदा हँदै सहयाेगकाे लागि सबैलाई धन्यवाद दिएकाे छन् ।

कर्मचारीसँग विदा भएपछि उनी साेझै अर्थमन्त्री युवराज खतिवडालाई सिंहदरवार पुगेका छन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडा र अधिकारीबीच धेरै पुरानाे र निकट सम्बन्ध रहेकाे जानकारहरू बताउँछन् ।

अरूकाे प्रभावमा नपर्ने, दवावमा काम नगर्ने तर अत्यान्तै नरम स्वभावका अधिकारीलाई बैकिङ क्षेत्रले पनि रूचाएकाे छ । कर्पाेरेट क्षेत्र भने उनीप्रति धेरै खुशी नभएकाे जानकारहरू बताउँछन् ।

तर विकासन्युजसँगकाे संक्षिप्त कुराकानीमा समग्रमा वित्तिय क्षेत्रकाे स्थायीत्वकाे लागि काम गर्ने बताए । सरकारकाे नीतिलाई सघाउँदै निजी क्षेत्रकाे हित र वित्तिय क्षेत्रकाे स्थायीत्वमा जाेड दिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.