चेम्बर अफ कमर्सद्धारा विभिन्न स्थानमा नगदसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

  २०७६ चैत २४ गते १५:५६     विकासन्युज


काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।

धादिङ चेम्बर अफ कमर्सद्धारा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका संचालक युवा नेता महादेव पोखरेलले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु ५५ हजार ५ सय ५५ हस्तान्तरण गरेका छन् ।

चेम्बर अफ कमर्स तौलिहवाले एक सय घर परिवारलाई राहत वितरण गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मजदुरलाई माक्स वितरण गरिएको छ ।

गल्याङ चेम्बर अफ कमर्सद्धारा गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरियो । हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकार्यमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारृन्टाइन र आइसोलेसन सेवा सुचारु गरिएको छ ।

काभ्रे चेम्बर अफ कमर्सले माक्स, सेनिटाइर र पञ्जा वितरण गरिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.