लकडाउनले डिमाण्ड बढेका विजनेश, रेभिन्यु भने ह्वात्तै घट्यो

  २०७६ चैत २४ गते १५:१०     सन्ताेष राेकाया

काठमाडौं । देश लकडाउनमा छ । आम सर्वसाधरणहरु घरभित्रै छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्व लागि परिरहेको छ । विभिन्न देशहरुले आ आफ्नै तरिकाले यसको विधि अपनाई रहेका छन् ।

धेरै देशहरुले लकडाउन गरेका छन् । यसले पनि अहिले विश्व बजार सुनसान छ । कोरोना भाइरसको संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले नेपाली बजारमा पनि आर्थिक गतिविधीहरु ठप्प बनेका छन् । दैनिक ज्यालादारी गर्नेदेखि उद्योगी व्यवासयीसम्म घरभित्रै छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै मानिसहरुले आफ्ना दैनिक गतिविधीमा सरिक हुन पाएका छैनन् ।

फलस्वरुप त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परिरहेको छ । सरकारले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्न निर्देशन दिएसँगै सबै व्यावसायिक सेवाहरु बन्द छन् । सकारले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । हुनत आम सर्वसाधारणहरु ती अत्यावश्य सेवामा सहभागी हुने क्रम बढ्दै गएको छ । तर, त्यसबाट हुनु पर्ने फाइदा ती सेवाहरुलार्य नभएको सरोकारवालाहरुले बताएका छन् ।

अत्यावश्यक सेवामा सरकारले टेलिफोन, सञ्चार, इन्टरनेटलगायतका सेवाह्रुलाई सुरु गर्न निर्देशन दिइसकेको छ । तर, ती सेवाहरुमा डिमाण्ड भोलुम बढेपनि बिजनेश ग्रोअप अर्थात रेभिन्युमा भने कमि आउँदै गएको छ । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले लकडाउनको समयमा धेरै रेभिन्यु घटेको बताए । उनले यो समयमा डेटाको माग बढेपनि राजश्वमा भने वृद्धि नभएको बताए ।

‘नाफा–नोक्सान जे भएपनि अत्यावश्यक सेवा भएकोले सेवा दिनै पर्छ, लकडाउनभन्दा अगाडिको राजश्व अहिले आँकलन गर्न पनि मिल्दैन, हाम्रो डेटा डिमाण्ड बढेपनि रेभिन्यु भने घट्दै गएको छ, उनले भने । टेलिकमले अहिले उपभोक्ताको सेवाका लागि नेट विस्तार, सफ्टवेर बढाउने, सर्भरको लिंक क्षमता बढाउनेलगायतका कम्प्युटरबाट गरिनो कामहरु गरिरहेको उनको भनाइ छ ।

भएका ग्राहकहरुको सेवाका लागि गुणस्तर मेन्टेन गर्ने काम भइरहेको उनले बताए । ‘अहिले फ्याम्ली र व्यावसयिक कल ह्वात्तै घटेको छ, इन्टरनेश्नल कल भ्वाइसकल र रोमिङ नै हाम्रो मुख्य राजश्व संकलन गर्ने स्रोत हुन, ती नभएपछि राजश्वमा स्वभाविक रुपमा गिरावट आउँछ,’ उनले भने ।

भ्वाइसकल २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ । तर, डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामो आएको फाइदा डिस्काउण्टमा जाने गरेको उनले बताए । त्यसैले पनि टेलिकमको राजश्वकमा गिरावट आएको उनको भनाइ छ ।

अहिले नेपाल टेलिकम मात्र नभएर सबै सरकारी तथा  निजी सेवा प्रदाय कम्पनीहरूकाे राजश्वमा ह्रास आएको बुझिएको छ । यस्तै, अत्यावश्यक सेवा मध्येको इन्टरनेट सेवाको राजश्वमा पनि परिवर्तन आएको छैन । इन्टरनेटको डिमाण्ड बढेपनि बिजनेस ग्रोअप भने नभएको नेपाल दुरसञ्चार प्राधिकरणका सुचना अधिकारी सन्दिप अधिकारीले बताए । उनले नयाँ नयाँ लाइन जोड्ने प्रक्रिया रोकिएको भएकोले पहिलेको ग्राहकलाई सेवा दिन समस्या भइरहेको बताए ।

‘अहिलेको इन्टरने सेवा निरन्तर चल्नको लागि सहज गरिरहेका छौं, सबै होम क्वारेन्टाइनमा भएकोले डिमान्ड बढेको छ, व्यापार भने बढेको छैन उनले भने,’ उनले भने । अत्यावश्यक सेवा भएकोले दिइरहेको तर राजश्व पहिलेको भन्दा घटेको बुझिएको उनको भनाइ छ ।

अहिले इन्टरनेट सस्तो र मानिसहरुले समय बिताउनका लागि भएपनि चलाउने हुुनाले भएको सेवालाई नै मेन्टेन भइरहेको उनले बताए । सरकारले इन्टरनेटमा छुट दिने भन्ने निर्देशनले पनि आएको राजश्व पनि पुनः कम हुने उनको भनाइ छ ।
यस्तै,केबल नेटवर्क अर्थात डिटिएच सेवा प्रदायक कम्पनीहरुको रेभिन्युमा पनि गिरावट आएको बुझिएको छ ।

डिसहोमका जनरल म्यानेजर रमेश सापकोटाले पहिलेको भन्दा अहिले राजश्वमा गिरावट आएको हुन सक्ने बताए । त्यसको निश्चित भने पछि थाहा हुने उनले बताए । अहिले नयाँ ग्राहक थप्न सकिएको अवस्था छैन, पुरानै ग्राहकलाई थप सेवा दिइरहेका छौं, घरभित्रै भएकोले पुराना ग्राहक थप सक्रिय भएका छन्, रिचार्ज नपाएकोले पनि टिभी हेर्न सकिरहेका छैनन्, उनले भने ।

‘लकडाउन हुनुभन्दा केही दिन अगाडि राजश्व बढेको थियो, अहिले घटेको छ, कति घट्यो त्यो भने पछि थाहा हुन्छ,’ उनले भने । आफुहरुले रिचार्ज नपाएका ग्राहकका लागि १० दिनसम्मका लागि क्रेडिट सेवा दिइरहेका उनको भनाइ छ ।
अहिले लक डाउनको समयमा सर्वसाधारणहरु घरभित्रै भएकोले पनि अत्यावश्य सेवाको माग बढेको छ । तर, उनीहरु घरबाहिर आउन नपाउनाले पनि आर्थिक गतिविधीमा कमि आएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.