‘लकडाउन’ बैशाख ३ गते सम्म !

  २०७६ चैत २४ गते १२:१६     विकासन्युज

काठमाडाैं । लकडाउन पुनः एक हप्ता थपिने भएकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) संक्रमण राेकथामका लागि नेपाल सरकारले लकडाउन एक हप्ता थप्ने तयारी गरिरहेकाे बताइएकाे छ ।

‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको हाे । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । साे निर्णय अनुसार नै मन्त्रिपरिषद्काे बैठकले निर्णय गर्नेछ ।

सोही निर्णय अनुमोदन र अन्य विषयमा छलफल गर्नका लागि साेमबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । यसअघि पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको समितिको सिफारिसमा ‘लकडाउन’ एक हप्ता सारिएकाे थियाे ।

पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकबाट ३ बैशाखसम्म लकडाउन अवधि थप्‍ने तयारी गरिरहेकाे बताइएकाे छ ।

स्राेतका अनुसार अन्य प्रदेशहरूले पनि लकडाउन लम्ब्याउने सिफारिस गरेकाेले त्यही अनुसार मन्त्रिपरिषद्काे बैठकले निर्णय गर्नेछ । स्राेतका अनुसार उच्चस्तरीय समिति र प्रदेशशरूले सिफारिस गरेबमाेजिम नै मन्त्रिपरिषद्काे बैठकले लकडाउन बैशाख ३ गते सम्मका लागि सारिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.