नर्भिकले चैतसम्म उपचाररत सबै बिरामीको बिलमा २० प्रतिशत छुट दिने

  २०७६ चैत २४ गते ११:१३     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले चैत मसान्तसम्म उपचाररत सबै बिरामीको बिलमा २० प्रतिशत छुट दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको स्वास्थ्य सामाग्री हस्तानतरणमा अस्पतालका अध्यक्ष वसन्त चौधरीले चैत मसान्तसम्म सबै उपचाररत बिरामीको बिलमा २० प्रतिशत छुट दिने बताएका हुन् ।

वर्तमान परिस्थतिलाई मध्यनजर गर्दै देशभरका निजि क्षेत्र अफिनद्धारा संचालिन सबै अस्पतालले चैत १७ देखि लागु हुने गरि २० प्रतिशत छुट दिने निर्णय भएको चौधरीले आफ्नो ट्वीटर मार्फत पनि बताएका छन् ।

अस्पतालले कोभिड १९ को उपचारको लागि निशुल्क फिभर किल्निक र आईसोलेसन वार्ड पनि स्थापना गरेको छ । साथै अस्पतालले कोरोना कोषमा ५० लाख र ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.