नर्भिक अस्पतालद्धारा स्वास्थ्य मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयाेग

  २०७६ चैत २४ गते १०:२४     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । अस्पताल अध्यक्ष वसन्त कुमार चौधरीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ६० लाख बराबरको स्वास्थ्य जन्य सामाग्री सहयाेग गरेका हुन् ।

स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क दुई हजार थान, थ्रि प्लाई सर्जिकल मास्क ४८ हजार थान र पिपिई, गाउन, फेस सिल्ड, डिस्पोजेबल क्याप र ग्लोबस सहितको एक हजार थान क्मपिल्ट मेडिकल सेट रहेको मन्त्रालयले जनाएको छ ।

वसन्त चौधरी फाउन्डेसनले सरकारको कोरोना कोषमा सहयोग स्वरुप ५० लाख प्रदान गरिसकेको छ । फाउन्डेसनले र अस्पतालले कोरोनाको त्रास बढेसँगै एक करोड सहयोग गर्न घोषण गरेको थियो ।

यस्तै, चौधरीले सरकारको आह्वान बमोजिम अस्पतालमा उपचाररत बिरामीहरुलाई २०७६ चैत मसान्तसम्मको बिलमा २० प्रतिशत छुट दिने पनि निर्णय गरेका बताएका छन् ।

अस्पतालले कोभिड १९ को उपचारमा फिभर किल्निक र आईसोलेसनमा निशुल्क उपचार हुने व्यवस्थाको गरेको चौधरील बताए । उक्त सामाग्री आवश्यकता अनसार आजै बागलुङ, पोखरा, बुटवल, धनगढी पठाईने र अन्य ठाउँमा पनि चाँडै पठाउने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.