लकडाउनपछि गोल्यान समूहले १० हजार गार्मेन्ट उद्योग खोल्ने, १ खर्बको लगानी, १० लाखलाई रोजगारी

  २०७६ चैत २४ गते ११:२७     राजाराम न्यौपाने

काठमाडौं । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले लकडाउनपछि देशभर गरी १ खर्बको लगानीमा १० हजार गार्मेन्ट उद्योग खोल्ने भएको छ । गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले विकासन्युजसगँ कुरा गर्दै लकडाउनको समय पछि देशैभरी गार्मेन्ट उद्योग खोल्ने तयारी भएको बताएका हुन् ।

‘अब विदेशमा रहेका नेपाली पनि नेपालमा नै आउछन्, १० लाखलाई रोजगारी दिने गरि ७ वटै प्रदेशमा १० हजार गार्मेन्ट उद्योग खोल्ने छौं,’ अध्यक्ष गोल्यानले भने ।

गोल्यानले गोल्यान समूहको प्रमुख टिम नै गार्मेन्ट उद्योग खोल्न लागिपरिरहेको बताए । सरकारसगँ विदेशबाट चोरी पैठारी भएर आएको गार्मेन्ट रोक्न, न्यून विजकीकरण रोक्न र रङ डिलिङ रोक्न सरकारसगँ माग गरेको र सरकार पनि त्यसका लागि तयार भएको उनले बताए ।

समूहले पहिलो चरणमा गार्मेन्ट उद्योग स्थापना र दोस्रो चरणमा कपास उत्पादन सुरु गर्नेछ । गार्मेन्ट उद्योग स्थापनाको लागि ८० प्रतिशत बैंकबाट र बाँकी २० प्रतिशत उद्योगीले नै लगानी गर्नेछन् ।

‘हाल नेपालको गार्मेन्टले ५ प्रतिशत मात्रै बजार धानेको छ, हाम्रो उत्पादनले विदेशबाट आउने ९५ प्रतिशत गार्मेन्ट विस्तापित गर्छ, मान्छे जन्मेदेखि मृत्युपछि समेत प्रयोग हुने कात्रो समेतमा आत्मनिभर बनाउने गरी देशैभरी गार्मेन्ट उद्योग स्थापना हुन्छ,’ गोल्यानले भने ।


विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’


२ देखि ५ वर्षभित्रमा सबै उद्योगले उत्पादन थालेर विदेशबाट आउने गार्मेन्टलाई स्वदेशी गार्मेन्टले विस्थापित गर्ने पनि उनले बताए ।

गोल्यान समूहले स्थापना गरेको गार्मेन्ट उद्योगले पिस सर्ट, ट्राउजर, ट्रयाकसुट, ज्याकेट, टि-सर्ट, स्कर्ट, कोट, जम्पसुट र कुर्तालगायत मान्छे जन्मेदेखि मृत्युपछि प्रयोग हुने कात्रो समेत उत्पादन गर्नेछ ।

नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । बैंक, धागो र प्लास्टिकजन्य वस्तु उत्पादनमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अब गार्मेन्ट उद्योगमा पनि लगानी गर्ने भएको हो । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित छ समूह ।

कुनै समय नेपालको प्रमुख निर्यात वस्तुको रुपमा पर्ने गार्मेन्ट अहिले भने खस्कँदै गएको छ ।

One comment on "लकडाउनपछि गोल्यान समूहले १० हजार गार्मेन्ट उद्योग खोल्ने, १ खर्बको लगानी, १० लाखलाई रोजगारी"

  • Bishnu pokharel pokharel says:

    गफ मा मात्र सिमित न होस ? सबै क्षेत्र बाट गारमेंट खोलने कार्य मा सहयोग र प्रोत्साहन गरौ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.