अब बिरामी रिसिभ सेना र स्वास्थ्यकर्मीले गर्ने

  २०७६ चैत २३ गते २०:१६     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)  संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले सँगै संकटको अवस्थामा बिरामी रिसिभ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीलाई दिने निर्णय गरेकाे छ ।

काेराेना भाइरसकाे संक्रमण तथा शंका लागेका व्यक्तिकाे रिसिभ अब सेना र स्वास्थ्यकर्मीले गर्ने भएका हुन् । यस्तै, स्वास्थ्य सामग्री खरिद सरकारले गर्ने भएकाे छ । अब सरकार टु सरकार मार्फत सामान खरिद हुनेछ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै खरिद गर्ने निर्णय गरेको हो।

यस्तै, समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.