कोरोना विरुद्ध उद्योग परिसंघकाे सहयाेग जारी, भक्तपुरमा पनि खाद्यान्न समाग्री वितरण

  २०७६ चैत २३ गते १९:५६     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघ विभिन्न तहका सरकार मानवीय सहायताका संस्थाहरुसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज भक्तपुर स्थित ‘आफ्नो घर आश्रम नेपाल’ तथा ‘मावीय आस्था नेपाल’लाई परिसंघका अध्यक्ष सतिशकुमार मोरले खाद्यान्न समाग्री हस्तान्तरण गरेका छन् । यी संसथाहरुले सडक वालवालिका, विपन्न तथा खान नपुग्नेहरुलाई आश्रय दिने गरेका छन् । त्यस्तै स्थानीय निकाससंगको समन्वयमा मनोहरा आसपासका क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गमा समेत खाद्यान्न वितरण गिरएको थियो । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण तथा वितरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन परिसंघले अपिल गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.