कोरोना कहरको समयमा सरकारी अस्पताललाई ब्रिटानिया सहयाेग

  २०७६ चैत २३ गते १९:०३     विकासन्युज

काठमाडाैं । नेपालमा सबैभन्दा धेरै रुचाइएको बिस्कुट ब्रिटानियाले विश्वव्यापी महामारी बनेको कोभिड-१९ को यो विषम परिस्थितिमा पर्सामा अवस्थित सरकारी हस्पिटल नारायणी अस्पतालमा सेवारत डक्टरहरुका लागि सुरक्षा पोशाक सहायता स्वरुप उपलब्ध गराएको छ ।

ब्रिटानिया प्याक गरिएको खाद्य उत्पादनहरु उत्पादन गर्ने एक बृहत्तर कम्पनी हो जसका उत्पादनहरुमा गूड डे, डाइजेस्टिभ, मेरीगोल्ड टु ट्रिट, टाइगर र केकहरु रहेका छन् र यी उत्पादनहरु नेपाल लगायत विश्वका अन्य धेरै राष्ट्रहरुका सबै उमेर समुहका उपभोक्ताहरुले अत्यधिक मनपराउने गरेका छन् ।

ब्रिटानिया यो जटिल अवस्थामा निस्वार्थ भावका साथ स्वास्थ्योपचारमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरुको सेवाभावको सह्राहना गर्दछ र साथै नेपाल सरकारले कोरोना भाइरसको सँक्रमण फैलिन नदिनका लागि अबलम्बन गरेको कदमहरुको पनि खुलेर प्रशँसा गर्दछ । आम जनमानसलाई ब्रिटानिया हामी सबैको सुरक्षाको लागि सरकारद्वारा जारी गरिएको नियन्त्रण सीमा र लकडाउनलाई कडाईका साथ पालना गर्न पनि अनुरोध गर्दछ ।

ब्रिटानिया यो अत्यन्त विषम परिस्थितिमा देशको साथमा खडा छ र आफ्नो साझेदार विशाल ग्रुपसँग समन्वय गर्दै नेपाली नागरिकहरुलाई सर्व सुलभ तरिकाले सुपथ मोलमा स्वाथ्यबद्र्धक स्न्याकहरु निरन्तर उपलब्ध गराउन प्रतिबद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.