विदेशबाट आएका व्यक्तिसँग सम्पर्क भएको मान्छेलाई क्वारेन्टाइनमा बस्न सरकारको आग्रह

  २०७६ चैत २३ गते १८:११     विकासन्युज

काठमाडौं । सरकारले विदेशबाट फर्केकासँग सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्तासम्म घरमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै विदेशबाट फर्केका वा कोरोना भाइरस रोग लागेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई उक्त अनुरोध गरेको हो ।

विज्ञप्तीमा अन्य व्यक्तिसँग एक मिटरकाे दुरी कायम गरी बस्न पनि अनुराेध गरिएकाे छ । आफुलाई उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुनेर खोकी लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.