लकडाउनमा साना व्यापारी: बिहानै कुद्छन्, दिनभरी सुत्छन्, साँझ पर्यो कि खट्छन्

  २०७६ चैत २३ गते १५:०६     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं मैतिदेवीका शिशिर पुनलाई अहिले देश लकडाउन भएको महसुस भएको छैन । मैतीदेवी चोक नजिककोै भित्री गल्लीमा उनको सानो डेरी पसल छ । उनी बिहान बेलुका डेरी पसल खुला गर्छन् अर्थात डेरीमा भएको दुध दहि बिक्री गर्छन् । डेरी खुला गरेको समयमा त्यहाँ मासिनको भिड लाग्ने गर्छ ।

‘पहिले धेरै पसलहरु खुला हुन्थे, व्यापार कम हुुन्थ्यो, अहिले यता नजिकै मैले मात्र पसल खुला गर्ने गरेको छु, पहिलेको भन्दा राम्रै व्यापार हुन्छ,’ पुनले भने । डेरीमा दुध दहि पहिलेको भन्दा अहिले धेरै बिक्री हुने गरेको उनको भनाइ छ । पहिले दिनभरी कमाएको भन्दा अहिले दुई घण्टामै बढी आम्दानी गरिरहेको उनले बताए । उनले बेलुका साढे पाँच बजेदेखि सात बजेसम्म डेरी खुला गर्ने गरको बताए ।

मुखमा माक्स, हातमा ग्लोभ्स लगाएर आफुलाई सुरक्षित बनाएका उनले कोरोना भाइरसबाट टाढा रहने तरिका र व्यापार पनि बन्द नगरी काम गरिरहेको बताए । पछिल्लो समय लकडाउनको कारण सामान बिक्रि भएन, उत्पादन गरेको सामान पनि त्यतिकै खेर फाल्नु पर्यो लगायतका व्यापारीहरुका भनाईसहितका समाचारहरु पनि विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । तर, त्यसैमा पनि कसैलाई भने धेरै फाइदा भइरहेको व्यापारीहरु बताउँछन् ।

सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै सबै सवारी साधानहरु ठप्प छन् । विभिन्न ठाउँ तथा क्षेत्रमा उत्पादन भएको सामान तथा दैनिक उपभोग्य सामान जस्तै, तरकारी, दुध दहिलगायतका सामानहरु ओसार पसार गर्न असहज भइरहेको छ ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति तथा ढुवानी गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने सामान ओसार पसारमा परेको दृखिन्छ । विभिन्न क्षेत्र तथा ठाउँमा उतपादन भएका वस्तुहरु बजारसम्म ढुवानी गर्न समस्या भइरहेको व्यापारीहरु बताउँछन् । जसको प्रत्यक्ष असर उपभोक्तालाई परिरहेको छ ।

विभिन्न तरकारी तथा फलफुल लगायतका सामनहरु संकलन केन्द्रहरुसम्म सामान ढुवानी गर्ने व्यवस्था नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट गर्नु रिेका समाचारहरु पनि आइरहेका छन् । यसले पनि दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारीलगायतले बजार पाएका छैनन् ।

तर, काठमाडौं नजिकैका किर्तिपुर, भक्तपुरमा उत्पादन भएका वस्तुहरुले पनि बजार पाइरहेका छन् । व्यापारीहरुले पहिलेको भन्दा महँगो मूल्यमा सामान बिक्री गरिरहेका छन् । यस्तै, घट्टेकुलोमा विगत ४/५ वर्षदेखि तरकारी पसल सञ्चालन गर्दे आएकी रुपिका मगरलाई पनि कतिखेर बिहान होला र तरकारी बिक्री गरौंला भन्ने हुन्छ ।

उनी बिहानै तीन चार नबज्दै अर्थात उज्यालो नहुँदै उनी तरकारी बजारमा गएर हरियो तरकारी ल्याउँछिन् । पसलमा थन्क्याउँछिन् । दिनभरी पसल बन्द गर्छिन् । बेलुका पाँच/साढे पाँच बज्ने बित्तिकै पसल खोल्छिन् र धमाधम तरकारी बेच्नमा व्यस्त हुन्छिन् । उनको पसलमा पनि तरकारी लिन आउनेको भिड लाग्छ ।

उनको पनि शिशिरको जस्तै जवाफ छ । पहिले धेरै पसल हुन्थे, व्यापार कम हुन्थ्यो अहिले धेरै पसल बन्द छन् । धेरै मानिसहरु आफ्नो पसलमा आउने गरेको उनको भनाइ छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले मानिसमा त्रास छाएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्वमा व्यापारदेखि मानिसको ओहोरदोहोरमा समेत प्रत्यक्ष समस्या परेको छ ।

अन्तर्रा्ष्ट्रियदेखि स्थानीय व्यापारमा समेत कोरोना भाइरसको असर परेको छ । सरकारले लकडाउन घोषणा गरेसँगै सर्वसाधारण नागरिक दिउसो बाहिर देखिँदैनन् । तर, जब साँझ पर्छ उनीहरु सामान ल्याउन नजिकैको खपसलमा गएर सामान खरिद गरेर फर्किन्छन् ।

सरकारले लकडाउनको घोषणा गरेपनि सडकपेटीलेखि साना व्यापार गर्ने व्यापारीहरुले भने साँझ बिहान व्यापार गरिरहेका छन् । उनीहरूले सामान्य समयमा जस्तै तरकारी, मकै फलफूल र अन्य व्यापार गरिरहेको पाइन्छ ।
बिनाअनुमति ढुवानीका साधन रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउँदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् ।

त्यसले गर्दा पनि गाउँ तथा विकट ग्रामिण क्षेत्रको फलफुल तरकारी बजारमा आउन पाएको छैन । त्यसको फाइदा स्थानिय किसानहरुले उठाइरहेका छन् । बजारमा ती सामानको अभाव देखाउँदै महँगो मूल्यमा फलफूल तरकारी तथा डेरीका वस्तुहरु बिक्री गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.