२०७६ चैत २३ गते १३:३६ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरधामका विपन्न परिवारका १ सय ५० जनालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाममा एक कार्यक्रमकाबीच चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरेको हो ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन् ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.