गाउँपालिकाका अध्यक्ष भन्छन् : सचेत रहु, राहतको पोकासंगै कोरोना आउन सक्छ ?

  २०७६ चैत २३ गते १३:२८     विकासन्युज

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले राहतको पोकोसंगै कोरोना आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । लकडाउनको समयमा राहत वितरण गर्नेहरुले पनि सतर्कता अपनाएर मात्रै राहात वितरण गर्नु पर्ने उनले बताए ।  पोकाको राहात बाँडेर आफूलाई भगवान बनाउन खोज्नेको राहत अस्वीकार गर्न समेत मोक्तानले अनुरोध गरेका छन् ।

‘गाउँमा नै उत्पादन भएका निउरो, कर्कलो, कोइरालाको फूल, सिस्नु, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुललगायका बस्तुहरु खाएर पनि बच्न सकिन्छ, दयाको पात्र सम्झनेहरुले भगवान् देखाउन चामलको बोरा बाँड्न आएका र उनीहरु माथि नै कोरोनाको हुनसक्छ,’ मोक्तानले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.