उद्योगी पुशपति मुरारका भन्छन्, ‘लकडाउनले मै हुँ भन्ने अहमता नै हराउँदै गयाे, दैनिक ५० लाख घाटा भइरहेको छ’

  २०७६ चैत २३ गते १९:३७     राजाराम न्याैपाने

काठमाडौं । विश्वव्यापी फैलिरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु मध्येका एक हुन पशुपति मुरारका पनि । लकडाउनको समयमा पशुपति मुरारका के गर्दैछन् ? उनी कसरी दिन कटाउँदैछन् ?

पशुपति मुरारकाको पनि दिनचर्या लकडाउनले बदलिएको छ । लकडाउनभन्दा अगाडि दिनमा ११/१२ घन्टा व्यस्त हुने मुरारका लकडाउनका बेला घरपरिवारसँग नै दिन विताइरहेका छन् ।

उनी भन्छन मेरो सिमेन्ट, स्टील र पेन्टस् उद्योगमा गरी २५ सय मजदुर थिए । अहिले सबै मजदुरहरु क्वारेन्टाइममा बसेका छन् । उनको सबै उद्योगहरु ठप्प नै छन् । मुरारका भन्छन्, ‘ मेरो उद्योगमा प्रति दिन ५० लाखको नोक्सानी भइरहेको छ । नाफाको त कुरै नगराैं ।’

उद्योगी मुरारकाले लकडाउनले मै हुँ भन्ने अहमता नै हराउँदै गइरहेको बताए । रोग धनी गरिब सबैलाई लागिरहेको छ,  विश्व नै कोरोनाको त्रासमा रहेका बेला उनी घरमा नै बसेर दिन कटाइरहेका छन् ।

दिनभर व्यक्तिगत तथा कार्यालयको काममा व्यस्त हुनेहरु सबै घरमा थुनिएका छन् । अरुबेलामा एकछिन पनि फुर्सद नहुने उद्योगी व्यवसायीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । लगभग सबै उद्योगीको दैनिकी उस्तै छ, भेटघाटमा समय खर्चिनु परेको छैन । उद्योगीहरुलाई परिवारसँग रमाउन समय मिलेको छ ।
धेरैजसो घरबाहिर जानुपर्ने भएपनि अहिले उनलाई ढुक्कजस्तै छ ।  पूरै दिनभर नै परिवारलाई समय  दिन पाएका छन् ।

घरमै बसे पनि उद्योगी मुरारका व्यवसायीहरुसगँ नियमित सम्पर्कमै हुन्छन् । उद्योगीहरुसँग अब भोलिका दिनमा कस्तो होला उद्योगको अवस्था भनेर फोनमा नै छलफल गर्छन । अरुबेला भेटघाट र काममा व्यस्त हुने मुरारकालाई अहिले फोनमा कुरा गर्न भ्याई–नभ्याई छ ।

उनी हरेक दिन बिहान ६ बजे उठेर ७ बजेसम्म योग गर्छन् । योग गरे पछि विश्वमा के भइरहेको छ भनेर अनलाइन, टेलिभिजन हेर्ने गर्छन । उनले खाना खाए पछि उद्योग सम्बिन्धी पुस्तकहरु अध्ययन गर्ने गरेका छन् । पुस्तक अध्ययन, साथिभाईहरुसगँ फोनमा कुराकानी, भिडियो कन्फ्रेन्स र परिवारसगँ छलफल गर्दै लकडाउनको समय विताइ रहेका छन् मुरारका ।

प्रत्यक्ष भेटघाट हुन नपाएपछि उद्योगी अहिले भिडियो कन्फ्रेन्समा जोडिएर छलफल गर्ने गरेको मुरारका बताउछन् ।  उनी भन्छन् कोरोना भाइरसको कहरले अहिले नयाँ बिजनेशका बारेमा केही सोच्न सकेको छैन । यस्तो बेलामा बिजनेशका बारेमा नयाँ आइडिया पनि आउँदैन । उनले परिवारका कसैलाई पनि बाहिर निस्कन दिएका छैनन् । पहिले स्वास्थ्य, त्यसपछि अरु भएको उनी बताउछन् ।

भूकम्पको बेलाभन्दा पनि यो समय भयावह भएको उनको भनाइ छ । भूकम्पको बेला सबै मानिसहरु एक ठाउँमा बस्न त मिल्थ्यो । तर अहिले बाहिर निस्कन पनि नमिल्ने उनी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.