कोरोना अपडेट : विश्व काेराेना संक्रमितकाे संख्या साढे एघार लाख बढी, ६१ हजारभन्दा बढीको मृत्यु

  २०७६ चैत २२ गते २२:२८     विकासन्युज

काठमाडौं । विश्वका कोरोना भाइरस (कोभिड १९)को संक्रमणले नयाँ स्वरुप लिएको छ । हालसम्म २ सयभन्दा बढी देशका फैलिएको कोरोनाबाट संसारभरीका ६१ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ११ लाख ५० हजार ३ सय ५० जना मानिस संक्रमित छन् भने २ लाख ४५ हजार ३ सय ९ जना मानिस उपचार पछि घर फर्किएका छन् ।

चीनबाट फैलिएको कोरोनाले अमेरिका र युरोपेली मुलुकमा अन्य मुलुककाे तुलनामा तीव्र रूपमा फैलिएकाे छ । हालसम्म अमेरिकामा ७ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र ७ सय ५ जनाको मृत्यु भएको थियो । हालसम्म अमेरिका २ लाख ८० हजारभन्दा बढी कोरोना संक्रमित छन् भने १२ हजार ७ सय ५६ जना उपचार पछि घर फर्किएका छन् ।

स्पेनमा १ लाख २४ हजारभन्दा बढी कोरोना संक्रमित छन् । हालसम्म ११ हजार ८ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ८ सय ५ जनाको मृत्यु भएको थियो । हालसम्म ३४ हजार २ सय १९ जनालाई निको भएको छ ।

इटालीमा पछिल्लो दिन ८० जनाको मृत्यु भएको छ यहाँ अहिले सम्म १४ हजार ७ सय ६१ जनाको मृत्यु भएको छ भने १ लाख २० हजारभन्दा बढी संक्रमित छन् । हालसम्म १९ हजार ७ सय ५८ जना मानिसलाई उपचार पछि निको भएको छ ।  जर्मनीमा एकैदिन ३ हजारभन्दा बढीमा कोरोना देखिएको छ । हालसम्म ९३ हजारभन्दा बढी कोरोना संक्रमित छन् । जर्मनीमा ३ हजार ४६ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार १ सय ६७ जना घर फर्किएका छन् ।

चीनमा पछिल्ला दिनमा अन्य देशको तुलनाका कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको छ । कोरोनाको उद्गम स्थलको रुपमा रहेको चीनमा पछिल्लो दिन ८० जना नयाँ सक्रमित भेटिएका छन् । ८३ हजार ३ सय ४९ जना संक्रमित छन् भने ३ हजार ३ सय २६ जनाको मृत्यु भएको छ भने ७६ हजार ९ सय ८७ जना उपचार पछि निको भएका छन् ।

त्यस्तै फ्रान्स २ हजार १ सय ६५ जना संक्रमित भेटिएका छन् भने ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै १४ हजार जना उपचार पछि घर फर्किएका छन् । इरानमा कोरोना संक्रमितको संख्या ५५ हजार ७ सयभन्दा बढी रहेका छन् भने ३ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ । हालसम्म १९ हजार ७ सय ३६ जना उपचार पछि घर फर्किएका छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७ सय ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ सय ३ सय १३ जना पुग्यो भने ४१ हजार ९ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै जम्मा १ सय ३५ जना उपचार पछि घर फर्किएका छन् ।

टर्कीमा ४ सय २५ जनाको मृत्यु भएको छ भने झन्डै २१ हजार कोरोना संक्रमित छन् । त्यस्तै स्वीट्जरल्याण्डमा २० हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ६ सय ३२ जना मृत्यु भएको छ । बेल्जियम १८ हजार भन्दाबढी संक्रमित छन् भने १ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सयभन्दा बढी छ भने १ हजार ६ सय ५१ जनाको ज्यान गएको छ । क्यानडामा १२ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित छन् भने २ सय ८ जनाको ज्यान गएको छ । अष्ट्रियामा हालसम्म १ सय ८६ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ११ हजार ७ सय ८१ पुगेको छ ।

पोर्चुगलमा १० हजार १ सयभन्दा बढी कोरोना संक्रमित छन् भने २ सय ६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० हजार १ सय ५६ पुगेको छ । हालसम्म दक्षिण कोरियामा ९४ जनाको मृत्यु भएको छ भने ६ हजार ३ सय २५ उपचार पछि घर फर्किएका छन् ।

यसैगरी यस सङ्क्रमणबाट नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ ।

शनिबार मात्रै नेपालमा ३ जनामा काेराेना देखिएकाे छ हाल सम्म काेराेना संक्रमितको संख्या ९ पुगेकाे छ । त्यस्तै छिमेकी राष्ट्र भारतमा पछिल्लाे २४ घण्टामा  १८ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ भने ३ हजार भन्दा बढी संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.