अब एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने

  २०७६ चैत २२ गते २०:३३     विकासन्युज

काठमाडौं । सरकारले  एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने निर्णय गरेकाे छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्। उनले यसरी एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जानेलाइर् कारबाही गर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.