लकडाउनलाई थप कडाई गर्ने सरकारकाे निर्णय

  २०७६ चैत २२ गते २०:१९     विकासन्युज

काठमाडाैं । सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेकाे छ । आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

उनले लकडाउन सार्ने बारे भने केही निर्णय नभएकाे बताए । यस्तै, उनले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको बताए। उनले काेराेना भाइरस जोखिम थप जटिल नहोस भन्नका लागि सरकारले त्यहाँ र्‍यापिड टेष्ट गर्ने निर्णय गरिएको बताए ।

यस्तै, बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्काे स्थानीय तहकाे आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ।

यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्टमार्फत परीक्षण गर्ने, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरणहरु यथाशक्य चाँडो उपलब्ध गराउनेलगायत निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.