बागमती प्रदेशमा उद्योग परिसंघद्धारा राहत प्रदान

  २०७६ चैत २२ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले बागमती प्रदेशलाई खाद्य सामाग्री सहयोग गरेको छ । कार्यक्रममा ‘बागमती प्रदेश उद्योग परिसंघ’का संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राहत सामाग्री उपलब्ध गराएका हुन् ।

परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि बागमती प्रदेशलाई सो सामाग्री उपलब्ध गराएको हो । भने अन्य स्थानिय तहमा नि सहयोग प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक हजार थान प्याकेट प्रदेशका मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएका हुन् । नेपालका सवै प्रदेश लगायत काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने जनाएको छ ।

पछिल्लो विषम परिस्थितीमा ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत संघले आग्रह गरेको छ ।

कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन सो स्थानमा काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बन्धमा परिसंघ सबैलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.