२०७६ चैत २२ गते १७:३५ विकासन्युज
सांकेतिक तस्वीर
काठमाडाैं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
नेपालमा कोरोना भाइरसको जोखिम क मगर्नका लागि चैत १० गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।
आजसम्म नेपालमा ६ जनामात्र कोरोना भाइरसको बिरामी भएपनि आज कैलाली रकञ्चनपुरमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ ।
काे कुन ठाउँको हुन् ?
१. पहिलाे पटक नेपालमा काेराेना भाइरसकाे संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल काेराेना देखिएकाे हाे । उनी निको भएर घर फर्किसकेका छन् ।
२. दाेस्राे १९ वर्षकी महिला हुन् । उनलाई १० गते काेराेना भाइरस देखिएको थियो ।
३. तस्राे बिरामी ३२ वर्षका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो ।
४. चाैथाे, ३४ बर्षका पुरूष हुन् । उनी दुबईबाट आएका थिए । उनी धनगढीका हुन् । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।
५. पाँचाैं, १९ बर्षकी महिला बेल्जियमबाट आएकी थिइन् । उनलाई चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी बागलुङकी हुन् ।
६. छैटाैं, ६५ बर्षकी महिला हुन् । उनी दुबईबाट आएकी थिइन् । उनलाई चैत २० गते कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी पनि बाग्लुङकै हुन् ।
७. साताैं, २१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई चैत २२ अर्थात आज काेराेना भाइरस देखिएको हो ।
८. उनी ४१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई पनि चैत २२ अर्थात आज कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी कञ्चनपुरका हुन् ।
९) अर्को ३४ बर्षकी महिला हुन् । उनलाई पनि चैत २२ अर्थात आज नै कोरोना पोजेटिभ देखिएको हो । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको भाउजु हुन् । नेपालमै देखिएको उनी पहिलो बिरामी हुन् । अन्य अर्को देशबाट आएका थिए । उनीहरु सबै सम्बन्धित जिल्लामा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
Copyright © 2021 Bikash Media Pvt. Ltd.