लक्ष्मी हुन्डाईले गर्याे ‘हुन्डाई केयर’ कार्यक्रमकाे शुरुवात

  २०७६ चैत २२ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ कार्यक्रमको शुरुवात गरेको छ । कोरोना भाईरसले निम्त्याएको संकटलाई मध्यनजर गरी उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

जसले हुन्डाईका ग्राहकलाई यस कठिन समयमा आफ्नो सवारी साधनको मर्मतमा कुनै पनि कठिनाई आएमा सहायता प्रदान गर्नेछ । ‘हुन्डाई केयर’ कार्यक्रमले वारेन्टी भएका सबै हुन्डाईका गाडीको वारेन्टी दुई महिना थप्ने जानकारी दिएको छ । उक्त समयमा नि शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरु समावेश गरिनेछ ।

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । यो कम्पनीले सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.