२०७६ चैत २२ गते १६:०८ विकासन्युज
काठमाडौं । केएल दुगड समुहले बाके जिल्लाको नेपालगञ्च कोहलपुर क्षेत्रमा खाद्य सामाग्री वितरण गरेको छ । कोहलपुर न.पा. वडा न.. ७, १४ तथा १५ मा ४ सय परिवारलाई, चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक उपरोक्त वार्ड हरु मा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई बितरण गरेको हो ।
उक्त खाद्य समाग्री बितरणमा वडाका वडा अध्यक्षको उपस्थिती रहेको थियो । कोरोना भाइरसको महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई वडा कार्यालयले पहिचान गरेका गर्दै खाद्य समाग्री बितरण गरिएको केएल दुगड समुहका प्रदिप छाजेडले बताए ।
उक्त समुह ले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्गलाई सहयोग गर्दै आइरहेको र भबिस्यमा पनि गरिरहने प्रतिवद्धता जायर गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.