नेपाली श्रमिकको अवस्था बुझ्दै प्रधानमन्त्रीले गरे बहराइनका प्रमुखसँग संवाद

  २०७६ चैत २२ गते १५:१८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा वलीले बहराइनमा रहेका नेपाली श्रमिकको अवस्थाबारे त्यहाँका प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेका छन् ।
कोरोनाको संक्रमण फैलिएसँगै बहराइनमा रहेका नेपालीको अवस्था बारे बहराइनका प्रधानमन्त्री राजकुमार खलीफा बिन सलमान अल खलीफालाई सम्पर्क गरि त्यहाँको बारे जानकारी लिएका हुन् ।

बहाराइनका प्रधानमन्त्रीसँग फोनमा संवाद गरेको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिँदै यसैगरि अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि संवाद जारी राख्ने छु जानकारी दिएका छन् ।

कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको सो मुलुकमा हालसम्म १२ जना नेपाली कोरोना संक्रमित छन् । पछिल्लाे समय बहराइनमा कोरोना ६ सय ७३ जना कोरोना संक्रमित छन् भने ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३ सय ८८ जना उपचारपछि घर फर्किएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.