एनआईसी एशियाकाे अनलाईन खातामा २१ लाख बीमा, पहिलाे मोबाइल बैंकिङ्गमा ५ सय फिर्ता

  २०७६ चैत २२ गते १३:०८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय रुपैयाँ सम्म रकम फिर्ता दिने भएको छ । अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ ।

एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् । खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्ने व्यवस्था छ ।
अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५ सयसम्म रकम फिर्ता पाउन सक्नुहुनेछ । यसबाहेक देशभरका २ हजार ५ सयभन्दा धेरै पसल, रेष्टुरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजार रुपैयाँ सम्मको रकम फिर्ता पाउने व्यवस्था छ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको कठिन अवस्थामा आफ्ना ग्राहक सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।

बैकले मुलुकभरी ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
हालसम्म २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । भने बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकले पछिल्लो समय बित्तिय संख्या नपुगेको दुर्गम ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.