लकडाउनमा थप कस्तो सेवा दिदैंछ नेपाल टेलिकम ?

  २०७६ चैत २२ गते १२:४४     नबिन पाेखरेल

काठमाडौं । नेपाल टेलिकमले २०७२ साल वैशाख १२ गते भुकम्प पश्चात ग्राकहरुलाई निःशुल्क भ्वाईस सेवा उपलब्ध गराएको थियो । त्यो विपद्मा ग्राहकलाई निःशुल्क भ्वाइस सेवा दिएको टेलिकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको बेलामा थप कस्तो सेवा र सुविधा दिदैछ भन्ने आमचासो रहेको छ ।

भूकम्पको बेलामा भ्वाइस सेवाको जति महत्व र औचित्य हुन्थ्यो लकडाउनको अवधिमा भने इन्टनेटमा थप सुविधा दिनु त्यति नै आवश्यक रहेकोले सोही अनुसारको सेवा प्रवाहमा केन्द्रीत रहेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भुकम्पको बेलामा ग्राहकहरुलाई निःशुल्क भ्वाइस सेवा दिनु त्यस बेलाको लागि आवश्यक भएकोले अहिलेको लकडाउनमा इन्टरनेट सेवाका जरुरी रहेकोले आवश्यक मोडेल अपनाएर सोही अनुसारको सेवा दिने काम भइरहेको बताए ।

‘भुकम्पको बेलामा हामीले निशुल्क भ्वाइस सेवा दियौं, अहिले इन्टरनेटको आवश्यकता बढी छ, यसका लागि विभिन्न प्याकहरु ल्याएका छौँ, संकटको बेलामा हाम्रा ग्राहकलाई आवश्यक सुविधा दिन हामी सदैव तयार छौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

उनले सस्तो दरमा गुणस्तरीय इन्टरनेट सुविधा प्रदान गर्न टेलिकमले विभिन्न प्याकहरु ल्याएको जानकारी दिए ।

यी हुन् टेलिकमका प्याकेज

टेलिकमले आफ्ना नियमित ग्राहकहरुलाई लक्षित गरेर ईन्टरनेट र डाटा प्याकमा सुविधा दिन आवश्यक ठानेकोे छ । लकडाउनको अवधिमा सबै जना घरमा रहने र इन्टरनेटको प्रयोग धेरै हुने भएकोले टेलिकमले सोही अनुसारको सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ ।

सय रुपैयाँ ४ जिबी डाटा

सामान्य अवस्थामा टेलिकमले सय रुपैयाँमा १ जिबी डेटा दिने गरेको थियो । लकडाउनको समयमा सोही मूल्यमा ३ जिबी डेटा थप गरेर जम्मा ४ जिबी डेटा पाइन्छ । यो डेटाप्याक ७ दिनमा उपभोग गरिसक्नुपर्छ ।

सो बोनस रकम फोरजी नेटवर्क सेवा अन्तर्गत चल्ने नेपाल टेलिकमले बताएको छ । टेलिकमले सो सेवा आगामी २६ गते राती १२ बजेसम्म लागू हुने तथा उक्त डाटा प्याक लिएको अवधिबाट ५ दिनसम्म खपत गर्न मिल्ने योजना रहेको जनाएको छ ।

२ सय रुपैयाँमा १० जिबी डेटा

सामान्य अवस्थामा २ सय रुपैयाँमा २ जिबी डेटा पाइन्थ्यो । टेलिकमले लकडाउनको समयमा सोही मूल्यमा थप ८ जिबी डेटा बोनस दिएर २ सय रुपैयाँमा १० जिबी डेटा दिइरहेको छ । २ सय रुपैयाँमा लिइएको १० जिबी डेटा पनि ७ दिनमा नै उपभोग गरिसक्नुपर्छ ।

सय रुपैयाँमा २ सय ८५ मिनेटको भ्वाइस कल

ग्राहकले *1415*10# डायल गरेमा ७ दिनका लागि भ्वाईस कल सुविधा पाउँन सक्ने छन् । सो सुविधा अनुसार सय रुपैयाँमा २ सय ८५ मिनेटसम्म एनटीसीका अन्य ग्राहकहरुसँग कुरा गर्न सकिनेछ ।

‘पहिले डिजीटल टपअपको जमाना थिएन, अहिले प्रविधिको पहुँच ग्राहकमा बढ्दै गर्दा जस्तो माग आयो त्यस्तै काम गरिरहेका छौँ, तत्कालका लागि ईन्टरनेटमै माग बढ्दो छ, हामीले इन्टरनेटमा सकेसम्म सुविधा दिने प्रयास गरिरहेका छौं, प्रबन्ध निर्देशक अधिकारीले भने ।

साथै, सरकारले स्थापना गरेको कोरोना भाईरस (कोभिड १९) को कोषमा समेत नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । यो रकम कर्मचारीहरुको तर्फबाट २ करोड तथा टेलिकम आफैले १० करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक रिङव्याक टोन

अहिले टेलिकमा जीएसएम, सिडीएमए वा ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरस (कोभिड १९) बाट जोगिने र अपनाउनु पर्ने सावधानीका उपायबारे जनचेतनामुलक सन्देश सुन्न पाइन्छ । महामारीको बेलामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि टेलिकमले दिएको यो सेवा पनि सह्रानीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.