कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

  २०७६ चैत २२ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ ।

अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिए । उनले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.