कालीमाटीमा खुद्रा तरकारी बेच्न रोक, दुईपांग्रे सवारीसाधन लैजान प्रतिबन्ध

  २०७६ चैत २१ गते २०:३९     विकासन्युज

काठमाडौं । कालीमाटी तथा तरकारी बजार विकास समितिले शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा किनमेल गर्न बन्द गराउने भएको छ । कालीमाटी तरकारी बजार भित्र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक लागाइएको कालीमाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालीमाटी तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खुद्रा पसल र दुईपांग्रे सवारीसाधका कारण तरकारी बजारमा अत्यधिक भिड भएको भन्दै बजार व्यवस्थित गर्न शनिबारदेखि खुद्रा बजार बन्द र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक गर्ने निर्णय गरिएको बताए । उनले भने बजारभित्र रहेको ६५ वटा खुद्रा पसल भोलिदेखी बन्द हुनेछन् ।

लकडाउन गरेपनी तरकारी लगायतका खाद्य सामाग्री किनमेल गर्न केही समय बजार खुला गर्ने सरकारले निर्णय गरेको थियो । चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको छ ।

शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहितको छलफल भएपछि अत्यधिक भिड हुने पसल बन्द गर्ने सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.