अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेः विदेशी नागरिक स्वदेश फर्कनुहोस्’

  २०७६ चैत २१ गते १९:३५     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थी र घुम्न आएका मानिसहरुले स्वदेश फर्कने समय आएको बताएका छन् । कोरोनाले संसारभर तहल्का मच्चाइरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो भनेका हुन् ।

यो महामारीकाे बेला आफ्नाे खर्चहरु धान्न नसक्नेहरुलाई मोरिसले देश फर्कन भनेका हुन् । शुक्रबारको राष्ट्रिय क्याबिनेटसँगको भेटपछि मोरिसनले यस्तो भनेका हुन् । अष्ट्रेलियाले पहिला आफ्नो नागरिकलाई ध्यानमा राखेर उनीहरुलाई सक्दो आर्थिक सहयोगमा केन्द्रित  हुने बताएका छन् ।

यद्यपी, डाक्टर, नर्स मह्त्वपूर्ण सिप भएका अन्तर्राष्ट्रिय नागरिकहरु भने बस्न सक्ने उनकाे भनाइ छ । अष्ट्रेलियामा ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् । उनीहरु धेरै जसोले महामारीको क्रममा आफ्नो जागिर गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.