चेम्बरद्वारा ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स र पञ्जा हस्तान्तरण

  २०७६ चैत २१ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले शुक्राबार उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्वारा टेकु हस्पिटल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार माक्स पनि हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.