नेपाल लिकर्सद्वारा मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण

  २०७६ चैत २१ गते १६:५५     विकासन्युज

काठमाडाैं । नेपाल लिकर्स प्रालिले मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण गरेको हाे।

कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर राजेश वीर सिंह तुलाधरले गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । नेकपा बुढीगंगा गाउँ कमिटीको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाल लिकर्स प्रालिले ५० बोरा चामल, २ बोरा नुन, ३ कार्टुन तेल गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई हस्तान्तरण गरिएको हो । राहत सामाग्री नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरेको जनाइएको छ ।

साहत सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष माझीले संकटको अवस्थामा हस्तान्तरण गरिएको राहतका लागि नेपाल लिकर्स प्रालिका अध्यक्ष तुलाधर, जनेरल म्यानेजर कलमप्रसाद सिटौलालाई धन्यवाद व्यक्त गरे । राहत हस्तान्तरणमा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार लगायतका विभिन्न वडाका वडाध्यक्षहरुसहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.