एशियन लाईफ इन्स्योरेन्सले प्रत्येक प्रदेशलाई दियो ५ लाख रुपैयाँ, १३औं वर्षमा प्रवेश

  २०७६ चैत २१ गते १४:४३     विकासन्युज


काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिने भएको छ । इन्स्योरेन्सले सातवटै प्रदेश सरकालाई ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागी प्रदान गर्ने निर्णय गरेको हो ।

कम्पनीले १३ औं वर्ष प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ यस कम्पनी, संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त योगदान गर्न लागेको हो । कम्पनी आजबाट १२ वर्ष पुरा गरी १३औं वर्षमा पुगेको छ ।

कम्पनीले चालू आर्थिक वर्ष फागुन मसान्तसम्ममा कूल २ अर्ब ९९ करोड रूपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको विक्रीबाट आर्थिक वर्ष ७६/७७ को फागुनसम्ममा कूल बीमाशुल्क २१ अर्ब ६० करोड रूपैयाँ संकलन गरेको छ । कम्पनीको कूल लगानी २१ अर्ब रूपैयाँ र जीवन बीमा कोष २० अर्ब रूपैयाँ रहेको छ । कम्पनीको ५ अर्ब अधिकृत पूँजी र २ अर्ब १ करोड रूपैयाँ चुक्ता पूँजी रहेको छ ।

हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले ‘लक डाउन’ को घोषणा गरेको कारण बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागी जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका यस्ताे व्यवस्था गरेकाे छ ।

१) हाल भुक्तानी गर्न पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा व्याज नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ। (बीमा समितिको निर्देशन, मिति २०७६१।२०)

२) तिनं बाकी नियमित बीमा शुल्क ई सेवाको वेभसाइट वा एप्समार्फत् अनलाइन भुक्तानी गर्न सकिनेछ ।

३) नविकरण बीमाशुल्क बीमालेख नम्बर, बीमितको नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा उल्लेख गरेर एनआइसी एशिया बैंक लि. मा रहेको यस कम्पनीको खाता नं.2941 000687524052 मा अनलाइन ट्रान्सफर वा बैंकको शाखाबाट पनि जम्मा गर्न सकिनेछ ।

४) बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा अन्य आवश्यक जानकारीको लागी मोबाइल नम्बर 9801150012
वा 9801150015 मा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.