अचम्मको व्यापार गर्छिन् पूजा: गधाको दूधबाट साबुन र फेसप्याक बनायो, मनग्य कमायो

  २०७६ चैत २१ गते १३:१६     विकासन्युज

साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला ।

हामी जीवनमा गधालाई कुनै महत्व दिँदैनौं र साथै त्यो मानिसलाई गधाको संज्ञा दिने गर्छौं जो कुनैपनि काम नगरिकन यत्तिकै बसिरहन्छ । अर्थात् गधा हाम्रो लागि यूजलेस जनावर हो । तर यो तपाईं र मेरा लागि युजलेस हुन सक्छ, पूजा कौलको लागि भने कदापी होइन ।

पूजा कौलले गधाको महत्व बुझिन् । उनले जानिन् की गधाको दूध धेरै नै फाइदाजनक हुन्छ । उनले यस क्षेत्रमा जानकारी जुटाइन् र खोलिन् आफ्नै विजनेस र त्यसलाई नाम दिइन् ‘अग्र्यानिको’ । अग्र्यानिकोले गधाको दूधबाट ब्यूटी प्रोडक्ट बनाउँछ र बेच्ने गर्दछ ।

को हुन् पूजा ?

पूजा भारतको महाराष्ट्र राज्य अन्तर्गत्को सोलापुरकी स्थायी वासिन्दा हुन् । पूजाले जब आफ्नो पढाई पूरा गरिन् तब उनका सामू दुई अप्शन थिए । एउटा थियो सरकारी जागिर खाने र अर्को थियो आफ्नै कुनै बिजनेस गर्ने । पूजाले दोस्रो अप्शन रोजिन् र त्यही क्षेत्रमा अनुसन्धान गर्न थालिन् । उनले थाहा पाइन् की मिस्रको रानी धेरै सुन्दर थिइन् र त्यसको कारण थियो गधाको दूध प्रयोग गर्नु । यसैबाट पूजालाई उक्त बिजनेस आइडिया फुर्यो । पूजा यो दावा गर्छिन् की अग्र्यानिकोले शत प्रतिशत शुद्ध चीज मात्र बेचिरहेको छ ।

गधाको दूधको फाइदा

पूजा भन्छिन् की, उनले जब अनुसन्धान गरिन् तब यो थाहा पाइन् की गधाको दूधमा भिटामिन सी, ए, बी र ओमेगा थ्री जस्ता महत्वपूर्ण तत्वहरु हुन्छन् र ती सवै तत्वहरु छालालाई कोमल र सुन्दर बनाउनका लागि धेरै नै आवश्यक मानिन्छ । अनुहारमा देखापर्ने दागहरु हटाउन पनि यसले मद्दत गर्दछ ।

कसरी हुन्छ काम ?

पूजाले ती किसानहरुसँग सम्पर्क गरिन् जो गधा पाल्ने काम गर्थे । गधाको दूध भारतमा प्रतिलिटर ३ हजार रुपैयाँ पर्दथ्यो । तर पुजाले किसानहरुसँग कुरा गरेर २ हजार रुपैयाँ प्रतिलिटरको हिसाबले दूध किन्न सुरु गरिन् र ब्यूटी प्रोडक्ट उत्पादन गर्न थालिन् ।

पूजा त्यो दूधबाट तयार गरिएको साबुन, फेसप्याक र हनी सोप बेच्छिन् । उनी अनलाइन र अफलाइन दुवै तरिका अजमाउँछिन् र दुवै बाटनै ग्राहक उनिसम्म आइपुग्छन् । पूजाका अनुसार उनको टार्गेट भनेको २५ देखि ५० वर्ष सम्मका महिलाहरु हुन् । ती महिलाहरु जो आफैंलाई सुन्दर बनाउनका लागि धेरै पैसा खर्च गर्छन् तर सही उत्पादन चाहिँ भेटेका हुँदैनन् ।

पूजाको योजना छ की उनी आगामी वर्ष सम्म लगभग एक सय जना गधा पालक किसानहरुसँग सहकार्य गर्न सकुन् र अन्य धेरै उत्पादनहरु पनि बजारमा ल्याउँदै अग्र्यानिकको क्षेत्रमा केहि ठूलो काम गरुन् ।

सजिलो भने थिएन

पूजा भन्छिन् की उनले गरेको काम सजिलो चाहिँ थिएन । किनकी एउटा महिलाको नाताले यस प्रकारको काम गर्दा समाजले सजिलै पचाउँदैनथ्यो । शुरुशुरुमा विहान जब उनी दूध लिन जान्थिन् तब उनलाई आफैं पनि एकदम असुरक्षित महसुस हुने गरेको थियो ।

पूजा अगाडि भन्छिन् की यदि उनी पुरुष हुन्थिन् भने उनलाई पक्कै पनि यस प्रकारको डर लाग्दैन थियो होला । तर विस्तारै उनको त्यो डर हराउन थाल्यो र उनी अगाडि बढ्दै जान थालिन् । जब उनी आफ्नो आइडिया कसैलाई बताउँथिन् तब मानिसहरु हाँस्ने गर्थे तर जब उनी यसको फाइदाको बारेमा बताउँथिन् तब जोसुकै पनि उनको कामको तारिफ गर्दथे । पूजाको साथ उनका क्लासमेट ऋषभ यश तोमर पनि छन् ।

पूजाको भनाइ छ की साना शहरहरुका उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ ताकि सकारात्मक सन्देश फैलन सकोस् । आज पूजा धेरै खुशी छिन् र उनको व्यापार राम्रोसँग चल्न थालिसकेको छ । भइरहेको आम्दानीलाई पूजाले फेरी पनि यहि व्यापारमै लगाउने गरेकी छिन् र कम्पनीलाई अझै अगाडि बढाउन कोशिस गरिरहेकी छिन् ।

(ज्ञानीपण्डितडटकमबाट भावानुवाद गरिएको)
तस्विर साभारः फोब्र्सडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.