मुगुकाे घरघरमा पुगेर साबुन र मास्क बाँड्दै गाउँपालिका अध्यक्ष

  २०७६ चैत २१ गते १३:०१     विकासन्युज

मुगु । कोभिड–१९ बाट आफ्ना जनतालाई बचाउन यहाँको स्थानीय तहका जनप्रतिनिधिहरु घरघरमा पुगेर मास्स र साबुन वितरण गरिरहेका छन ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले आफनो गाउँपालिकामा रहेका नौ वटा वडा र १६ बस्तीमा स्वास्थ्यकर्मीको टोलीसहित आफैँ घरघरमा पुगेर सर्वसाधारणलाई प्रतिव्यक्ति एउटा साबुन र एउटा मास्क वितरण गर्नुभएको हो । लामा समुदायको बाहुल्य रहेको उक्त गाउँपालिकामा एक हजार ४०० घरधुरी छन् ।

प्रत्येक घरमा पुगी प्रत्येक सदस्यलाई मास्क र साबुन वितरण गर्ने गरेको टोलीमा संलग्न स्वास्थ्यकर्मी बलिबहादुर बुढाले बताए । उहाँका अनुसार साबुन र मास्क वितरणसँगै गाउँपालिका अध्यक्षले घरदैलो गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना पनि दिँदै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.