भारतमा एक नेपाली दम्पतीमा देखियो कोरोना

  २०७६ चैत २१ गते ११:३८     विकासन्युज

काठमाडौं । भारतमा कामको लागि बस्दै आएको सुदूरपश्चिमका एक दम्पतीमा कोरोना संक्रमण देखिएकाे छ ।

भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोरोना भाइरस अर्थात कोभिड–१९ पोजेटिभ पुष्टि भएको बताईएको छ ।

श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी घरेलु कामदारका रुपमा एक भारतीय परिवारकोमा काम गर्दै आएका थिईन ।

उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी स्रोतले जनाएको छ । स्रोतका अनुसार पछि स्वास्थ्य परीक्षणमा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोर स्थीत भिक्टोरिया अस्पतालको आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा बझाङकी ति महिलामा पनि कोरोना संक्रमण रिपोर्ट आएको थियो ।

स्थानीय प्रशासनल ती नेपाली महिला लाई कोरोना पुष्टि भएपछिे उनका चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो ।

स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाईरस देखिएको थियो । छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको समाचार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.